मलेसिया सेप्टेम्बर २४ । गत आईतबार सेप्टेम्बर १४ सन २०२०तारिखका दिन मलेसियाकाे Serembang Rasa मा मोटरसाईकल दुर्घटना परी गम्भीर घाईते भएका दाङका एक यूवाको गत अाईतबार अपराह्नतिर मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका बबई गाउँपालिका वडा नं. ५ राेल्पालीतरा दाङका दिपक खड्काको मलेसियाको Hospital Tuanka Jaafar Serembang Rasa मा उपचारका क्रममा मृत्यु भएको हो ।मलेसियामा मृत्यु भएका खड्काको शव नेपाल ल्याउन आवश्यक प्रकृया थालीएकाे कम्पनी श्राेतले जानकारी दिएकाे छ। मृतक खड्काका अङ्कल केशब खड्काका अनुसार अाउदाे बुधबार सम्म शब नेपाल पठाइसक्ने कुरा कम्पनीले बताएकाे छ।यता नेपाली राजदुतावास मलेसिया संग सम्पर्क गरि याे बिषयमा बुझ्दा घटनाकाे बारेमा अाफुहरुले सामाजिक सञ्जाल मार्फत थाहा पाएकाे तर अहिले सम्म कम्पनीले दुतावासमा कुनै जानकारी नगरनएकाे बताएको छ । बैधानिक रुपमा मलेसियामा काम गरिरहेका श्रमिकको कुनै कारणले मृत्यु भएमा कम्पनीको सकृयतामा सबै प्रकृया पूरा गरेमा शब नेपाल पठाउन कुनै समस्या नहुने राजदुतावास मलेसियाका तर्फबाट प्रतीक कार्किले जानकारी दिनुभएको छ।घटना भए लगत्तै बाट मृतक खड्काको परिवार तथा साथीभाईसंग सम्पर्क गर्दै नियमित रुपमा बुझ्ने तथा अावश्यक सहयाेग गर्दै अाएकाे नेपाली मजदुर एकता समाज मलेसियाले पनी मृतक खड्काको शव यथाशिघ्र नेपाल पठाउन पहल गरिरहेकाे बताएको छ।याे बिषयमा दुतावासलाई समेत सम्पर्क गरी जानकारी गराएकाे नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष राम प्रसाद सुबेदी संगमले जानकारी दिएका छन् ।गत माघ महिनाकाे १ गते सदिच्छा अाेभर्सिस मेनपावर मार्फत मलेसियाको Yuen Chun industries sdn.bhd मा अाएका खड्काकाे २० बर्षकै कलिलो उमेरमा मृत्यु भएको हाे। मृतक दिपक खड्काे घरमा बुवा अामा श्रीमती लगायतको परिवार रहेको छ।भिडियो हेर्नुहाेस्https://youtu.be/V7VP2eU4iKI
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Nepal Unity
Design and Developed by: EnterSOFT Host Pvt.Ltd