२४ सेप्टेम्बर काठमाडौ । अहिले कोरोना महामारीले गर्दा हरेक देशमा पीडित हरुको संख्या धेरै छ । उनीहरु स्वदेश फर्किन नपाएर बिदेशमा अलपत्र परिरहेका छन्। सरकारले उनीहरुको उद्धार गर्न सकिरहेको छैन। विशेष खाडी मुलुकमा यसको बढी असर पुगेको छ । ४/५ महिना देखि दुबई, कतार, साउदी, कुबेत, बहराइन, थुप्रै देशमा नेपालीहरु दुख पाइरहेको खबर आइरहेको छ । धेरै जस्तो पीडित दुबईमा छन् । त्यहाँ को राजदुतावासको काम राम्रो नहुदा त्यहाँ अलपत्र पर्ने हरुको संख्या धेरै छ ।
६ महिना अघि एम बि हुमन रिसर्च मेनपावर बाट दुबई को फेलेक्स फ्यासेलेटी कम्पनी पुगेका ३३६ जनालाई गएको २/३ महिना मै काम बाट निकालिए । त्यस लगत्तै घर फर्किन तयारी मा रहेका उनीहरु कोरोनाले लक डाउन हुदा बिदेशमै अलपत्र परे । त्यस पछि विभिन्न संघ संस्थाको शरणमा बसेका उनीहरु अहिले कतिपय आफ्नै पैसाले टिकट काटेर नेपाल पुगिसके भने पैसा नहुने १७ जना पीडितहरु अझै पनि अलपत्र अवस्थामा बसिरहेका छन् । केही दिन अघि ती १७ जना फ्री टिकट पाएर एअरपोर्ट पुगे पनि फाइन तिर्न पर्ने भएको र फाइन तिर्ने पैसा नभए पछि उनीहरु नेपाल फर्किन नपाएको पीडित हरुको नमिठाे अनुभव छ । अहिले उनीहरुलाई न मेन पावर ले उद्धार गर्छ न कम्पनी न राजदुतावास ले । दुबई राजदुतावास त झन कानमा तेल हालेर कुम्भकर्ण जस्तो निद्रामा मस्त छ। आजकाल दुबई राजदुतावास ले कसैको कुरा सुन्दैन । पीडित हरु को उद्धार को लागी नेपाल मजदुर एकता समाज ले नेपाल सरकार, परराष्ट्र, वैदेशिक रोजगार बिभाग सबै तिर खबर गर्दा पनि केही उद्धार हुन सकिरहेको छैन। १७ जना पीडितहरु दुबई को गल्ली गल्ली मा भौतारिरहेको अवस्था सारै नाजुक छ।
६ महिना अघि Spring Nepal Human Resource मेनपावर बाट दुबईको Crystal For Service पुगेका शिव बच्चन शाह रौनियार र अजय महतो काम गरेको २ घन्टामै काम बाट निकाली दिदा ६ महिना देखि घर फर्किन को लागि यताउता दौडिरहेका छन् । तर उनीहरु अझै नेपाल फर्किन सकिरहेको छैन। उनीहरुलाइ त्यहाँ पुरयाउने दलालले कम्पनी बाट १२ हजार दिराम लिएको ले उनीहरुलाई कम्पनी ले केश गर्दा दुई दुई चोटी एअरपोर्ट बाट फर्किनु परेको पिडा सुनाउछन् । राजदूतावास ६०/६५ चोटी धाइसकेका उनीहरुको बरु जुत्ता च्यातियर गयो तर राजदुतावास ले उनिहरुको कुरा सुनेन । कम्पनीलाई १२ हजार दिराम फाइन तिर्न नसक्दा अहिले उनीहरु दुबई को गैर आवासीय संस्थाको सहयोग मा बसिरहेका छन् । उनीहरु अहिले कसैले त्यो फाइन तिरिदीए त नेपाल फर्किन पाउने थियौं भन्दै कहि कतै बाट सहयोग हुन्छ कि भनी दौडधुप गरिरहेका छन्।
नौ महिना अघि Golden Eagal मेनपावर देखि साउदीको रुबेल पुगेका २३ जान अलपत्र अवस्था छन् । Asasat Al Shamal Contracting कम्पनीमा काम गर्न भनी गएका तर त्यहाँ पुगे पछि अर्कै कम्पनी Nas Trust Corporation Scaffolding And Insulation मा काममा लगाइएका उनीहरु काम गरेको २/३ महिना मै काम बाट निकालिएको र खान बस्नको समस्या परेको पीडित हरुले बताएका छन् । सोही मेनपावर देखि साउदी को सोही कम्पनीमा काम गर्न भनी साउदी पुगेका ७ जना पीडितहरु साउदीको तुरिफ भन्ने ठाउँ मा अर्कै कम्पनीमा पुराइएको पीडित हरुले बताएका छन् । उनीहरु ८/९ महिना देखि काम गरिरहेको तर कम्पनीले तलब नदिएको र नेपाल फर्किन खोज्दा वास्ता नगरेको पीडितहरुको गुनासो छ । उनीहरु ३० जना ले नै कम्पनी, राजदुतावास, मेनपावर देखि विभिन्न निकाय सम्म सहयोग मागे पनि अहिलेसम्म कहि कतै बाट सहयोग र उद्धार हुन सकिरहेको छैन।
यी माथीका थोरै उदाहरण मात्र हुन् । यस्ता केसहरु विभिन्न देशमा हजारौं का संख्यामा छन् । जहाँ पनि मेनपावरले ठगेका कम्पनीले निकालेका, राजदुतावासले वास्ता नगरेका । जसको कारणले सधै मजदुरले दुख पाइरहेका छन् । आखिर जहाँ गए नि दुख पाउने सोझा सझा गरिब नेपाली ले नै हो । जहाँ नि पैसा र पावर चल्छ । तर यसरी कसरी न्याय हुन्छ ? सोझा साझा निमुखा गरिब जनतालाई दुख दिएर आफु कसरी खुसी बस्न सकिन्छ? नेपालमा कतिपय मेनपावर पैसा कामाउन मात्र खोलीएका छन्। सोझा साझा गाउँका गरिब दाजु भाइ दिदिबहिनी लाई विभिन्न प्रभोलन मा पारेर घर जग्गा धितो राख्न बाध्य बनाइ बिदेश पठाइदिन्छ्न् । जब उनीहरु बिदेश पुग्छन् र ठगिएको थाहा हुन्छ तब सब सपना चकनाचुर हुन्छ। त्यो बेला बिदेशी भुमिमा को सँग सहयोग माग्ने? कोले गर्छ सहयोग ? राजदुतावास नाम मात्र को हो । आखीर त्यस्तो अवस्थामा गुज्रिए पछि उनीहरु मानसिक बिमार हुन्छन् भने कोहि आत्महत्या गर्न बाध्य हुन्छन् । यो सबैको हुनु को जिम्मेवार मेनपावर ,कम्पनी र राजदुतावास हुन् ।
बिदेशमा सयौं अलपत्र नेपालीहरु बिजोक अवस्थामा छन् तर स्वदेशमा भने सानो तिनो झगडाको पनि न्युज बनाएर भिडीयो खिचेर भाइरल बनाइदिन्छन् । तर बिदेशमा हेर ती पीडित अलपत्र हरुको उनीहरुको दुख बुझ सक्छौ भने ती बिदेशमा बस्ने हरुको लागि न्युज बनाउ, आवाज उठाउ, अनि उनीहरुलाई उद्धार गर्न सहयोग गर। नेपाल सरकार लाई दबाब देउ । अनि मात्र तिम्रो काम को उचित मुल्यांकन हुनेछ। नेपाल सरकार अलि गहिरीएर हेर । अर्काको देशमा दुख पाएर रुदै बसेको नेपालीहरु को जति सक्छ छिटो उद्धार गरिदेउ नत्र ती अलपत्र पीडितहरुको आसु पक्कै भारी बन्ने छ ।