मजदुर का लागि मजदुर नारालाइ आत्मा साथ गर्दै अशोक कुमार शाहीका लागि सहयोग स्वरूप मजदुर अभियानमा सक्रिय देश प्रेमी, समाज प्रेमी, सामाजिक व्यक्तित्व नेपाली मजदुर एकता समाज जापान संयोजक हाल जापानमा कार्यरत आदरणीय रिना सिंगार तिवारी मार्फत नेरु ५५००/- (पाँच हजार पाँच सय) सहयोग रकम प्राप्त भएको छ। याहको आशा-भरोसा र नयाँ उमंगका साथै यो कठिन समयलाइ चिर्दै समस्या देखि पिडित परिवारलाइ लड्न उर्जा प्रदान गर्नु भएकोमा कोटी कोटी नमन

धन सम्पति परिपूर्ण, चिल्लो कार लक्जरी घर भएकालाइ लकडाउनको प्रभाव खासै परेको छैन। हामि मजदुरहरुका चारौ तर्फ समस्या नै समस्या उत्पन भै रहेका छन। कहिले धेरै वर्षा परे बाडी पहिरोको समस्या पानी नपरे खरेडी, घामले लु लाग्ने, जाडो ले निमुनिया, अपार समस्या बाट संघर्ष गर्दै जीवनको एक एक दिन काट्न बाध्य भएकै थियो तर यो कोरोन त्रास र लकडाउनको तालाबन्दी भारत सहित विश्वभरि मजदुरी गरि आफ्नो र परिवारको जीविका पार्जन गर्दै आएका सम्पूर्ण नेपालीलाइ श्राप जस्तै भोग्नु परेको छ। दिन को १८ घण्टा मजदुर गरि कमाएको रकम आफ्नो देश पठाउने मजदुर नेपाली आज आफ्नै देश प्रवेश गर्न पाएका छैनन्। गास बास कपासका लागि सहयोगी दातामा निर्भर हुनु पर्ने हाम्रो अवस्था। आफ्नो पराक्रमले विश्भरि पहिचान बनाएका नेपालीको यो दयनीय अवस्था हेर्दा मन खिन्न भै हामी सबैको आख बाट आशु झर्छ तर के गर्नु ? सत्तामा बसेकालाइ दोस लगाउनु कि आफ्नो भाग्य नै खोट भनि मन बुझाउनु ?

भारतमा कोरोनाको केन्द्र बिन्दु (एपिक) महाराष्ट्रको मुम्बईमा बसोबास गर्दै आएका नेपाली मजदुर एकता समाज भारतका सचिव अशोक शाहीको अवस्था कुनै फिल्मी कथा भन्दा कम छैन। कोरोन त्रासका साथै लकडाउनको मारले चलिरहेको रोजगार गुमाउनु पर्यो तर यस नाजुक अवस्थामा पनि पिडित नेपालीहरुका लागि खाध्यान सामग्री बोक्दै मुम्बईका गली-गलीमा पिडित नेपालीहरुलाइ सहयोग गर्दै आएका अशोक शाही आज आफ्नै श्रीमतीको उपचारका लागि असहाय महसुर गरेका छन्। रोजगार बिहिन भएको अवस्थामा परिवारको मुख्य सदस्य नै गम्भीर बिरामी हुनु कुनै डरलाग्दो सपना जस्तै हो तर यो सपना न भै अशोक शाहीले प्रत्येक दिन भोग्नु परेको समस्या हो।
आउनुहोस हामि सबैले हातेमालो गरि यस समस्याको समाधानका लागि एकबद्धयता गरौ।

नेपाली मजदुर एकता समाजको पेज बाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय