काठमाडौ सोमबार कात्तिक १०। श्रमिकको क्षेत्रमा कार्यरत नेपाली मजदुर एकता समाजले आज केन्द्रिय समिति प्रवास शाखा र मलेशिया समिति ले दसैं विशेष शुभकामना एक विज्ञप्ती मार्फत जारी गरिएको मजदुर समाज कि संचार विभाग प्रमुख प्रिया राना ले जानकारी दिनु भएको हो केन्द्रीय समितिको तर्फबाट प्रवक्ता बिजय भुसाल द्वारा हस्ताक्षरित शुभकामना सन्देश जारी भएको हो भने प्रवास शाखाको तर्फबाट संयोजक प्रेम बहादुर शाही “दिलिप” र मलेसिया समितिको तर्फबाट अध्यक्ष राम प्रसाद सुवेदी तथा महासचिव रेश्माकला राई द्वारा हस्ताक्षरित शुभकामना सन्देश जारी गरिएको छ ।
मजदुर समाज मार्फत जारी विज्ञप्ती जस्ताको तस्तै


विज्ञप्तिको पुर्ण पाठ

विज्ञप्तीको पुर्ण पाठ
मिति:-१० कात्तिक २०७७
विषय :- विशेष शुभकामना ।
उपरोक्त सम्बन्धमा हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, छट पर्व तथा नेपाल संम्बत ११४१ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आफन्तजन, संरक्षक, सल्लाहकार, सदस्य, सुभेच्छुक, शुभचिन्तक लगायत यस कोभिड -१९ को महामारीमा आफुलाई जोखिममा राखेर सूचना प्रदान र श्रमिकका समस्या उजागर गर्नु हुने आम संचारकर्मी, आफुलाई जोखिममा राखेर सुरक्षा प्रदान गर्नुहुने सुरक्षाकर्मी तेस्तै उच्च जोखिम मोलेर स्वास्थ सेवा प्रदान गर्नु हुने सम्पुर्ण स्वास्थकर्मी,लगायत ब्यापारी, बुद्धिजीवी, समाजसेवी, देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण श्रमजीवी नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति समृद्धि एवम् उत्तरोत्तर प्रगतिकाे कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथ साथै काेराेना भाइरस कोभिड-१९ को कारण विश्व नै आतंकित हुन पुगेको यश कठिन घडीमा उचित सावधानी अपनाउदै स्वास्थ्य मापदण्ड कायम गर्दै भौतिक र सामाजिक दुरिको ख्याल गरौ । अनावश्यक भिडभाड नगरौ । हामी जो जहाँ जस्तो अवस्थामा छौ त्यसरी नै सुरक्षित रूपमा चाडपर्व मनाउन अनुरोध गर्दै यी चाडपर्वहरु सगै महामारीकाे रुपमा रहेकाे काेराेना भाइरसको पनि अन्त्य हाेस् । पुनः एकपटक बिजया दशमी, शुभ दिपावली, छट पर्व तथा नेपाल संम्वत ११४१ को अवसरमा नेपाली मजदुर एकता केन्द्रिय समिति को तर्फबाट यहाँहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।