प्रिया राना
शनिवार २२ कार्तिक काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा रहेका कयौं नेपालीहरु लामो समय देखि कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएर बिदेशमै अलपत्र परेका घटनाहरु धेरै सुन्दै, देख्दै र भोग्दै आइरहेका छौ । केही समय यता भने उनीहरु बिस्तारै स्वदेश फर्किदै छन् तर अझै पनि कतिपय नेपालीहरु स्वदेश फर्किन नपाएर बिदेशमै अड्कि रहेका छन ।
कतिपय लामो समय देखि अलपत्र अवस्थामा छन् । उनीहरु कहि कतैै बाट आ-आफ्नो तरिकाले स्वदेश फर्किन पहल गरिरहेका छन् । यस्तै एक बर्ष अगाडि चितवन कि शर्मिला मिश्र रोजगारिको सिलसिलामा नेपालको युरोक्रस ईन्टरनेसनल प्रा.लि. बाट जोर्डनमा घरेलुु कामदारका लागी पुगेकी थिइन् । तर उनी पुगेको केही समय देखि बिरामी हुन पुगिन् ।
बिरामी अवस्थामा काम गर्न गाह्रो भएपछि उनले आफुलाइ नेपाल फर्काउन मेनपावर र रोजगारदाता लाई आग्रह गरिन् । तर उनको कुराको कुनै सुनवाइ नभए पछि उनी नेपाली मजदुर एकताको सम्पर्कमा आएकी थिइन । मजदुर समाजले पहल गर्दागर्दै कोरोना महामारीको लकडाउनको कारण स्वदेश फिर्ता हुन अलि गाह्रो थियोे । तर उनीलाइ आफ्नो स्वस्थ्य ठिक नभएकोले जसरी पनि नेपाल फर्किनु थियो ।
त्यसैले आफ्नो समस्या समाधानको लागि लामो प्रयास भए पनि कोरोना महामारीको समय तुरुन्तै फर्किन नपाउदा उनी दुुुखि भएको बताउछिन् । मिश्रलाई स्वदेश फर्काउन मजदुुर एकता समाजले मेनपावर र उनी काम गर्ने कम्पनी सँग सहकार्य र निरन्तरको प्रयास पछि उनी नेेेपाल फर्किइएकी छिन् । उनले नेपाली मजदुर एकता समाज लाई धन्यवाद दिदै अरु पनि थुप्रै दिदी बहिनी तथा दाजुभाइ बिदेशमा अलपत्र परिरहेको र उनीहरुको पनि मजदुर समाजले उद्धारमा सहयोग गर्नेमा विश्वास्त रहेको बताएकी छिन ।