प्रिया राना

शुक्रबार २८ कात्तिक युएई । मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्य सहित एक वर्ष अगाडि स्थापना भएको नेपाली मजदुर एकता समाज अहिले कोभिड-१९ को महामारीमा पनि निरन्तर मजदुर सँग जोडिएर मजदुरका समस्याको सारथी र अभिभावक बन्दै आएको छ । यस अगाडि पनि मलेशिया, माल्दिभ्स, भारत, नेपाल गरि ४ वटा देशमा शाखा समिति निर्माण गरिसकेको नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखा समिति को रूपमा युएईमा पनि समिति गठन गरेको छ ।

लक डाउन को समयमा सबैभन्दा धेरै समस्या झेल्दै आएको युएईले समिति गठन हुनु अगाडि नै फ्लेक्स कम्पनीका १७ जना पीडित हरुलाई खाने बस्ने व्यवस्था सहित स्वदेश फर्काउन महत्त्वपूर्ण भुमिका युएई समितिका प्रतिनिधि हरुको रहेको नेपाली मजदुर एकता समाजले बताएको छ । त्यस्तै शिव बच्चन रौनियार र अजय महतो लाई समेत लामो समय देखि नेपाली मजदुर एकता समाजका युएई प्रतिनिधि हरुले व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय निकै सक्रिय र प्रभावशाली देखिएका युएईका प्रतिनिधि हरुले औपचारिक रूपमा समिति गठन गरेर नै आफ्ना गतिविधि लाई अगाडि लैजाने निर्णय सगै समिति गठन गरिएको नव गठित समितिका महासचिव उत्तम भण्डारी ले हामीलाई जानकारी दिएका छन् ।

भर्चुअल मिटिङ बाट भएको छलफल बाट समिति गठन भए सगै नव गठित समिति कि अध्यक्ष शुभद्रा बुढाथोकी “सुबि” ले मजदुरका लागि मजदुर आफै नै अगाडि नसर्दा सम्म श्रमिकका समस्या हरुको उचित समाधान नहुने निष्कर्ष सहित समिति गठन गरिएको र आगामी दिन हरुमा थप मजबुत भएर श्रमिकको हक, हित, न्यायको क्षेत्रमा आफू पनि लागि पर्ने र सिङ्गो समिति सोही ढंगले लाग्नेमा आफू बिश्वास्त रहेको बताएकी छिन् ।

नव गठित युएई कार्य समिति यस प्रकार रहेको छ

अध्यक्ष – सुभद्रा बुढाथोकी “सुबि”, वरिष्ठ उपाध्यक्ष – रुपेश क्षेत्री, उपाध्यक्ष – रमेश थापा, महासचिव – उत्तम भण्डारी, सचिव – कुमार लम्साल, कोषाध्यक्ष – टीका गुरुङ “दिपा”, सह-कोषाध्यक्ष – माया सेढाई “केसी”, प्रवक्ता – राजु जम्कटेल, सदस्यहरु – नर आचार्य, बिष्णु अधिकारी, मोहन घिमिरे, सुर्य लामा सहित पछी तीन सदस्यीय थप गर्ने गरि १५ सदस्यीय युएई समिति निर्माण गरिएको समितिका प्रवक्ता राजु जम्कटेल ले बताएका छन् ।

नव गठित समितिलाई प्रवास समितिका तर्फबाट संयोजक प्रेम बहादुर शाही “दिलिप” ले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै गरि केन्द्रिय समितिको तर्फबाट अभियान्ता तथा महासचिव समर्पण भट्टराई र अध्यक्ष तेज बहादुर कार्की ले पनि नव गठित समिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा युएई समिति अझ सक्रियताका साथ आम श्रमजीवी मजदुर हरुको निम्ति लागि पर्ने विश्वास समेत व्यक्त गर्नु भएको प्रबक्ता बिजय भुसाल ले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय