प्रिया राना

सोमबार १ मंसिर युएई । मजदुर का लागि मजदुर भन्ने मुल नारा र उद्देश्य सहित स्थापना गरिएको नेपाली मजदुर एकताकी युएई समितिकी कोषाध्यक्ष टीका गुरुङ “दिपा” ले विभिन्न समस्यामा भएका दुखी पीडित हरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आइरहेकी छिन् । केहि बर्ष अगाडि देखि युएईमा कार्यरत दिपा साच्चिकै दिपा जस्तै उज्ज्वल भावना कि छिन सहयोगी तथा सकारात्मक बिचार कि धनी दिपाले केही समय अघि नेपाली मजदुर एकता समाजले हेरिरहेको युएईका १७ जना अलपत्र पीडित हरुका लागि करिब ४० हजार बराबरको आर्थिक सहयोग गरेकी थिइन् ।

उपचारत बिरामी अर्जुन राई  लाई सहयोग पछि सामाजिक संजाल बाट लिइएको उक्त तस्बिर ।

त्यस्तै केही समय अगाडी नेपाली मजदुर एकता समाज भारत समितिका सचिव अशोक शाहीकी श्रीमती सबिना शाहीको उपचारमा समेत सहयोगका लागि दिपाले १३ हजार ३ सय २० रुपैया सहयोग गरेकी थिइन् । अहिले उनले मोरङका एक हड्डी क्यान्सर १६ वर्षिय बिरामी अर्जुन राईको उपचारमा सहयोगको लागि रु ५ हजार आर्थिक सहयोग गरेकी छिन् । बिरामी या कुनै पीडित देखे पछि चुपचाप बस्न मनले नमान्ने भन्दै सहयोग गर्न मन लाग्ने दिपाको भनाइ रहेको छ । उनी केही दिन अगाडि मात्रै गठन भएको मजदुर समाज युएईकी समितिकी कोषाध्यक्षको जिम्मेवारी समालिरहेकि दिपा सक्रियता पुर्वक समाज सेवामा निरन्तर लागि रहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय