प्रिया राना

शनिबार ६ मंसिर क्वालालमपुर । मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाली मजदुर एकता समाजका प्रमुख अभियान्ता तथा केन्द्रिय महासचिव समर्पण भट्टराईले सामाजिक संजाल आफ्नो फेसबुक मार्फत मजदुर एकता समाज आम नेपाली मजदुरहरुको स्वतन्त्र र साझा संगठन भएको भन्दै संसारभर रहेका नेपाली मजदुरहरु लाई एकताबद्ध हुन अपिल गरेका छन् ।

उनले आफ्नो वालमा लेखेका छन् “आम नेपाली मजदुर हरुको हक हित र न्यायको लागि आफुहरु कुनै पनि दबाब र प्रलोभनमा नपरिकन निरन्तर सक्रिय रूपमा मजदुर हरुको हक हित र न्यायको क्षेत्रमा आफुहरु जुनसुकै चुनौती मोल्न समेत तयार रहेको” बताएका छन् । अभियान्ता तथा महासचिव भट्टराईले लेखेको फेसबुक स्टाटस यस्तो छ ।

उक्त स्टाटसमा महासचिव भट्टराईले आफुहरुले मजदुरहरुको समस्यालाई जतिसक्दो चाडै समाधानको निम्ति पहल गर्न सहज होस भन्ने उद्देश्यले २४ घण्टे इमर्जेन्सी सम्पर्क नम्बर सहित गुनासो फारम समेत समाजको वेबसाईटमा उपलब्ध गराएको उल्लेख गरेका छन् ।

मजदुर एकता समाज बिगत एक वर्ष देखि नेपाली मजदुरहरुको क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेको छ । साथै अहिले मलेसिया, माल्दिश, भारत, नेपाल, युएई मा आधिकारिक समिति निर्माण गरेर काम गर्दै आएको छ भने विश्वका विभिन्न २२ देशमा आफ्ना संयोजक प्रतिनिधि राखेर अन्तर्राष्ट्रिय रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय