राम प्रसाद सुबेदी संगम

भारत ,डिसेम्बर एक तारिख । भारत नेपाल संचालन गरिएका बस समिति संचालकहरू संग नेपाली मजदुर एकता समाज भारत लगायतका भारतमा रहेका विभिन्न नेपाली संघसंस्था हरुले महाराष्ट्र पुणे बाट बस सेवा संचालन गर्दै आएका बस समिति केदारनाथ टुर ट्राभल्स ,बर्दादेवी टुर ट्राभल्स र सेति महाकालि टुर ट्राभल्स का समिति संचालक प्रर्तिनिधि बिच आवत जावत गर्ने नेपाली श्रर्मिक मजदुर मा पर्ने गयको समस्याका बारेमा ब्यापक छलफल गरेका छन् ।

नेपाली मजदुर एकता समाज भारत, प्रवास मानव उद्धार समिति, प्रवासी नेपाली जन समाज, नेपाली प्रवासी संघ , प्रगतिशील नेपाली सामाज, नेपाली एकता मंच,देश भक्त युवा समाज लगायतका संघसंस्था सहित बस सञ्चालक समिति बिच भएको छलफलमा आगामी दिन हरूमा कुनै पनि नेपाली श्रर्मिक मजदुर दाजु भाई तथा दिदी बहिनी हरू लाई बसमा सवार गर्दा सबै जिम्मेवारी बस संचालकको रहने र त्यसको जिम्मेवारी स्वयम बस समिति ले लिनु पर्ने र नेपाल भारत आवत जावतमा बिचमा यात्रु लाई अल पत्र नपारी सम्बन्धित ठाऊ सम्म पुर्याउने ब्यबस्था समेत सोहि बस समिति ले जिम्मेवार हुनु पर्ने साथै आगामी दिन हरूमा नेपाली श्रर्मिक मजदुर माथि एस्ता खाले समस्या आउन नदिन सबै बस समिति गम्भीरतापूर्वक अगाडी बढनु पर्ने मा ध्यानाकर्षण गराईएकाे थियाे ।

कुनै पनि नेपाली श्रमिक दाजु भाई तथा दिदी बहिनी हरू लाइ अप्ठ्यारो नपरोस र यात्रा गर्दा सबै नियम पालना गरियोस भन्ने बिषयमा ध्यानाकर्षण गराउदै नेपाली मजदुर एकता समाज भारतले १० बुदे प्रस्ताब समेत राखेको छ। मजदुर एकता समाज भारतले राखेका १० बुदे प्रस्ताब यस्ता छन्

१)यात्रुहरुलाई भाड़ा पारदर्शी र पहिले देखि निर्धारित हुनु पर्ने।

२)प्रत्येक बसमा बस संचालकको तर्फबाट एक जना ब्यक्ति गन्तब्य सम्म अनिवार्य हुनु पर्ने।

३)बसमा रहेका सम्पुर्ण यात्रुहरूकाे बिबरण र उनिहरुकाे पहिचान पत्र बस संचालकले अनिवार्य राख्नु पर्ने।

४) बसमा कुनै दुर्घटना भएको खण्डमा सम्पुण क्षतिपूर्ति बस समिति वा संचालक ले ब्यहोरनु पर्ने।

५)बस संचालकले आफना एजेन्ट हरूको बारेमा जानकारी गराउनु पर्ने र उनीहरू लाई आफनो परिचयपत्र अनिवार्य उपलब्ध गराउनु पर्ने।

६)बीच बाटोमा केही समस्या आएमा बस संचालकले केहि घण्टा मैं सम्बन्धित ठाऊ सम्म पुगी समस्या को समाधान गर्नू पर्ने।

७)यात्री सिट भन्दा बढ़ी यात्रु अाेसारपसार गर्न नपाईने सिट संख्या भन्दा बढ़ी सवारी भएमा सो को जिम्मेवारी बस समिती वा संचालकले लिनु पर्ने।

८) बसमा यात्रा गरिरहेका यात्रुकाे सरसनमान बाहेक बसमा ब्यवसाय सामान ओसार पसार गर्ने नपाईने यदि गराएको खण्डमा सोयम बस समिति वा संचालक जिम्मेवारी हुनु पर्ने।

९) प्रत्येक यात्रुको जिवन बिमाकाे ब्यवस्था अनिवार्य हुनु पर्ने तथा एक सिटमा दुई जना यात्रु राख्न नपाईने।

१०)बसमा सवार सबै यात्रुहरूलाई बसकाे टिकट अनिवार्य उपलब्ध गराउनु पर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय