आजको विश्वमा सबभन्दा बडी उत्पिडन र शोषणमा यदि कोहि छन भने सबैभन्दा धेरै श्रमिक अर्थात श्रमजीवीहरु रहेका रहेका छन् । यसको मुख्य कारण मध्य श्रमिकहरु आफैं एक जुट अथवा एकताबद्ध हुन नसक्नु एउटा कारण हो । हामी प्रवासमा श्रम गर्दैछौ, नेपाली श्रमिकको रूपमा तर हाम्रो अवस्था यस्तो छैन । हामी प्रवासमा सबैभन्दा धेरै विभाजित भयौ कोहि पार्टीका, कोहि जातिका, कोहि भूगोलका, कोहि धर्मका, कोहि समुदायका, यद्यपि मेरो उहाँहरु प्रति कुनै पनि प्रकारको पुर्वाग्रह होइन हामी किन एकताबद्द हुन सकेनौ त भन्ने कुरा लाई मात्रै उदाहरणका रूपमा लिएको हो । यसरी हामि बहानामा बिभाजन हुन पुग्नु र हामी नेपाली श्रमिक हौ भनेर एकताबद्ध हुन नसक्नु दु:खद कुरा मात्रै होइन यो एउटा हाम्रो गम्भीर समस्या र चुनौती हो पनि भन्ने लाग्छ ।
यसले हामीलाई सामुहिककरण भन्दा पनि अनावश्यक र अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने काम गर्यो र यसैले हामी आफैलाई कमजोर बनाउदै लग्दैछ । तसर्थ: पनि हामीले स्वतन्त्र मजदुरहरुको साझा संगठनको आवश्यकतालाई महसुस गरेर नै गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफा मुखी संस्थाको स्थापना गर्दै आम नेपाली श्रमिकको एउटा अभिभावक र साझा संगठनको रूपमा स्थापित मात्रै होइन विकास र निरन्तरताका साथ लैजान आवश्यक भएको निष्कर्ष सहित हामीले प्रवासी नेपालीहरुको इतिहासमा सायदै पहिलो पटक मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्य सहित नेपाली मजदुर एकता समाजको परिकल्पना गर्यौ, र अहिले निरन्तर रूपमा संस्थाले सक्रियता पुर्वक नेपाली श्रमिकहरुको क्षेत्रमा काम गरिरहेको छ ।
मजदुरका लागि मजदुर किन ?
सबैभन्दा पहिलो कुरा हामीले यो बुझ्न जरुरत छ कि आफै प्रत्यक्ष श्रम नगरेको नेतृत्वले वास्तविक रूपमा श्रमिकको समस्यालाई बुझ्न र महसुस गर्न मनन गर्न असमर्थ हुन्छन् तसर्थ यो मजदुरका लागि मजदुरको मुल उद्देश्य मजदुरका निम्ति मजदुर आफैले नेतृत्व गरेर संघर्ष गर्न आवश्यक छ भन्ने संदेश दिन खोजिएको हो र अहिलेसम्म यो संगठन मजदुरहरु बाट स्थापित भएर मजदुरका लागि मजदुरहरु मार्फत नै संचालित संस्था हो । मजदुर समाज यसको मुलभुत उद्देश्य भनेको संसारभरी छरिएर रहेका आम नेपाली श्रमिकलाई एकताबद्ध बनाउने र नेपाली श्रमिक माथी हुने गरेका सबै खाले समस्या विरुद्ध एकताबद्ध भएर आम श्रमजीवीलाई आवश्यक साथ सहयोग समर्थन गर्नु हो ।
यसका केही सैद्धान्तिक मुल्य मान्यताहरु छन् । यो अन्य स्वतन्त्र भनिएका संघ संगठनहरु भन्दा अलिकति फरक अलिकति पृथक र मौलिक उद्देश्य कार्ययोजना अनुसार संचालित छ । यसले हाल नेपालमा रहेका कुनै पनि राजनीतिक दल सँग कुनै पनि प्रकारको झुकाब आस्था वा सम्बन्ध राख्दैन । यो आफैंमा नितान्त मजदुरहरु प्रति समर्पित संगठन हो र यो अहिले निरन्तर विकासको क्रममा पनि छ । यसले श्रमिकहरुको समस्या र अधिकार बारेमा केही दृघकालिन रूपमा समाधानका विषयहरुलाई पनि आफ्नो दस्तावेजको रूपमा उठान गरेको छ ।
अन्त्यमा जब सम्म श्रमिकवर्ग वा श्रमजीवीहरु आफैमा एक जुट हुन सक्दैनन तबसम्म श्रमिकका समस्याको वास्तविक रूपमा अन्त्य हुन सक्दैन । मजदुरहरुको समस्यामा मजदुरहरु आफैले आवाज बुलन्द गर्नुपर्ने आवश्यकता छ र जब सम्म हामी मजबुत हुन सक्दैनौ तबसम्म हाम्रो समस्या हरुको वास्तविक रूपमा सुनुवाइ हुने छैन । तसर्थ पनि मजदुरका लागि मजदुर आवश्यकता छ भन्ने कुरा स्पष्ट हुन्छ । यो नारामा आम श्रमिकहरु गोलबन्द हुन सकेको अवस्थामा हाम्रा धेरै जसो समस्या र चुनौतीहरुलाई हामी आफैले समाधान र सामना गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।
श्रमिकहरु वास्तविक रूपमा एक जुट हुन सकेको खण्डमा हामीले स्वदेश मै पनि विभिन्न रोजगार मुलुक परियोजनाहरु संचालन गर्न सकिन्छ आत्म निर्भर पनि बन्न सकिन्छ यस्को लागि पनि हामीलाई एकता र मजबुत हुनुपर्छ भन्ने कुराको आवश्यकता महसुस गराउछ र म अन्तिममा सम्पुर्ण श्रमजीवी मित्रहरू लाई के आग्रह गर्न चाहान्छु भने हामी खुल्ला छलफल र बहस गरौ हाम्रा समस्याबारे हाम्रा चुनौतीहरुबारे र हाम्रा भोलिका संभावनाहरु बारेमा अब हामी मजदुरहरुले नै यो विषय लाई राष्ट्रिय बहसको रूपमा अगाडि लानु आजको हाम्रो मुख्य आवश्यकता हो र त्यो हामीले सुरुवात पनि गरिसकेका छौ । अब यसरी नै आम श्रमजीवी हरुको साथ सहयोग मिलेको खण्डमा चाडै यसले अर्को नयाँ गति लिनेछ भन्ने विश्वास पनि हामीले लिएको छौ ।
लेखक : समर्पण भट्टराई नेपाली मजदुर एकता समाजका अभियान्ता तथा महासचिव हुन ।