
समाजसेवी सुनिता गुरुङ
इजरायल :
मानिस संसारको सबैभन्दा सर्बश्रेष्ठ प्राणी हो, त्यसैले हामी आफ्नो लागी मात्र होइन अरुको लागी पनि जीउन सीकौ, हामी मानीस एकदमै लालचीपनको हुन्छौ, हाम्रो आवश्यकता कहीले पुरा हुदैन, एउटा आवश्यकता पुरा हुदै जान्छ फेरी अर्को आवश्यकताको माग मनमा जाग्छ, हामी खाली हात आएका हौ खाली हात जानू पर्छ त्यसैले हामीले महीनामा जति पैसा कमाउछौ त्यसबाट थोरै पैसा छुट्टाएर गरीब पीडितको लागी सहयोग गरौ भन्ने उद्देश्य लिएर समाजसेवामा निरन्तर लागी परेकी एक प्रवासी चेली हुन् सुनिता गुरुङ ।
एउटा स्वच्छ भावनाका समाजसेवीको उदाहरणको रुपमा चिनिन सफल सुनिता गुरुङ लाई अहिले सामाजिक संजालमा नचिन्ने सायद कमै होलान् । उनि साच्चिकै नारी मध्येको एक असल पात्रको जलन्त उदाहरण हुन् । करिब १५ वर्षको लामो समय देखि इजराइल प्रवासलाई कर्मथलो बनाउदै आएकी सुनिताको जन्मस्थान भोजपुर जिल्ला, टक्सारमा पर्छ भने स्थाई बसोबास सुनसरी, धरान रहेको छ । बिगत लामो समयदेखि अहिलेसम्म उनको निरन्तर सेवालाई आंकलन गर्ने हो भने उनको हात नपुगेको सायद कुनै क्षेत्र छैन । चाहे दिन दु:खी, असहाय, पिडित होस् या हस्पिटल, स्कुल, अविस्कार केन्द्र, बाढी पिडित, बालगृह निर्माण जस्ता जुनसुकै क्षेत्रमा पनि उनको सेवामा समर्पित हातहरु बढेकै देखिन्छ । यो महामारी कोरोनाको अबधि भित्र मात्र उनले करिब ३ लाख भन्दा बढी आफ्नो व्यक्तिगत सहयोग गरिसकेकी छिन् ।
सामाजिक अभियन्ता सुनिता गुरुङको व्यक्तिगत सहयोगबाट केहि समय अघि पनि सुदूरपश्चिम कैलालीको ग्रामिण भेगमा पर्ने शिबिरमा गरिब निमुखाहरुको लागि सार्बजनिक सौचालय बनेको थियो । बिशाल सहयोगी मनका धनी सुनिता कुनै समय आफै पनि पिडित थिइन् । पिडा भोग्नेहरुलाई पीडाको महसुस हुन्छ भने जस्तै उदारहण देखिन्छ उनको सेवामा । विभिन्न अनाथ आश्रम, संस्थाहरुलाई खाद्य लत्ताकपडा देखि लिएर धेरै भन्दा धेरै दु:खि पिडितहरुको भोको पेट भरिदिने सुनिताले व्यक्तिगत सहयोग अलावा आफै जिम्बेवार भएर धेरै क्यान्सर, किड्नी पिडितहरुलाई नयाँ जिबन दिएकी छिन् । सुदूरपश्चिम लम्कीमा बाख्राको खोरमा थुनिएकी पिडित तारा जैसी जस्ता पिडितहरु देखि धरानको पुनर्स्थापना बाल बालिकाहरुलाई शिक्षा, लालनपालन दिने जस्ता महान कार्यहरु धेरै नै गरेकी छिन् । यसरी लामो समयदेखि समाजसेवामा निरन्तर लागी रहेकी सुनिता आउदो दिनहरूमा पनि यसरी नै समाजिक क्षेत्रमा निरन्तर पाइला बढी रहुन्, शुभकामना ।