राम प्रसाद सुबेदी संगम
काठमाडौ माघ २० गते । नेपाली मजदुर एकता समाज नेपाल समितिको पहिलो कार्यलय बैठक सम्पन्न भएको छ । नेपाली मजदुर एकता समाज नेपालका केन्द्रीय सदस्य तथा नेपाल समितिका अध्यक्ष निमा ह्याेल्मोको अध्यक्षता तथा नेपाली मजदुर एकता समाजका केन्द्रीय संस्थापक अध्यक्ष तेज बहादुर कार्कीकाे प्रमुख आतिथ्यता र जापान संयोजक रिना सिँगार तिवारीको विशेष उपस्थितिमा बसेकाे उक्त बैठकले विभिन्न ८ बुदे निर्णय समेत गरेकाे छ ।

बैठकमा लामाे समय देखि जापानमा स-परिवार बस्दै आएकी र अहिले केही समयका लागि नेपाल आएकी नेपाली मजदुर एकता समाजकी केन्द्रीय सदस्य तथा जापान संयाेजक रिना सिँगार तिवारीलाई स्वागत तथा सम्मान समेत गरिएको छ । नेपाली मजदुर एकता समाजका केन्द्रिय अध्यक्ष तेज बहादुर कार्की, नेपाल समितिका अध्यक्ष निमा ह्याेल्मो, वरिष्ठ उपाध्यक्ष कमला शाक्य, महासचिव मुना पाण्डे, सचीव इशारा लामा लगायतकाे टाेलिले तिवारीलाई स्वागत गरिएको महासचिव मुना पाण्डेले जानकारी गराएकी छिन् ।

उक्त बैठकमा स्वदेश तथा बिदेशमा बस्ने नेपाली मजदुरहरुको हक अधिकारको निम्ति के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा मुख्य छलफल भएको नेपाल समिति वरिष्ठ उपाध्यक्ष कमला शाक्यले जानकारी गराएकी छिन् । यस्तै नेपाली मजदुर एकता समाज नेपाल समितिका अध्यक्ष निमा ह्याेल्मोले जस्तोसुकै परिस्थितिमा पनि श्रमिकको पक्षमा निरन्तर लाग्ने नेपाल समिति पनि यसरी नै लागि पर्ने बताएका छन् । उक्त बैठकद्वारा नेपाल समिति र केन्द्रिय समितिको सहकार्यमा सम्पन्न गर्ने गरि केही महत्त्वपूर्ण निर्णय भएको केन्द्रिय सदस्य तथा जापान संयोजक रिना तिवारीले बताएकी छिन् । कार्यक्रमकाे सञ्चालन नेपाली मजदुर एकता समाज नेपालकी केन्द्रीय सदस्य तथा नेपाल समिती महासचिव मुना पाण्डेले गरेकी हुन् ।