नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।

हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।

तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ ,पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् ।

हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायिका मधु क्षेत्री को नयाँ तीजको कोसेली “हाई मेरो जिन्दगी” बोलको तीज गीत भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ।

गत बर्ष मधु क्षेत्री र खेम सेन्चुरीको आवाजमा रहेको तीज गीत “सोचे झै रैन्नछ जिन्दगी” नामक तिज गीतले निकै राम्रो सफलता पाएको थियो सफलता संगै सो गीत वि’वा’दमा समेत परेख थियो । मौलिक गीतमा आफ्नो कला जमाउदै आएकी गायिका क्षेत्री १०/११ वर्ष देखी गीत संगीतमा लागी परेकी छिन ।

“हाई मेरो जिन्दगी” नामक तीज गीतमा मधु क्षेत्री लाई बिक्रम परियार ले स्वरमा साथ दिएका छन । करन न्यौपाने को लय शब्दमा तयार भएको सो तीज गीत निकै उत्कृष्ट बनेको ।

निकै चर्चित निर्देशन प्रकाश भट्ट को निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा रुबिना अधिकारी, बबिन ठकुरी ,लोमश शर्मा र रुबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। राजेश घिमिरेले छायांकन गरेकि म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादक गरेका छन ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय