काठमाडौं,२७ साउन- नेकपा एमालेका अध्यक्ष केपी ओली निकट युवासंघका उपाध्यक्ष तथा प्रवाश बिभाग प्रमुख सहित २ दर्जन केन्द्रिय सदस्यहरुनेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।युवासंघका केन्द्रिय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिमका २६ जना केन्द्रिय सदस्यहरु माओवादी प्रवेश गरेका हुन ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संगको भेटमा एमाले परित्याग गरेको बताए ।उपाध्यक्ष साउदलाई प्रचण्डले खादा लगाएर स्वागत गरेका थिए । साउदले २६ जना केन्द्रिय सदस्य आफुसंगै फर्केको प्रचण्डलाई जानकारी गराए ।
साउद नेकपा विभाजन भएपछी लेखराज भट्ट संगै एमालेमै रहेपछि युवासंघको उपाध्यक्ष्यको जिम्मेवारी पाएका थिए । एमाले भित्र लोकतान्त्रीक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्याहा बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरबशालि इतिहासलाई धोका दिन नसकिने भनेर पुन माओबादि केन्द्रमा फर्किएको साउदले बताए । सगरमाथा अनलाइन बाट साभार