गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीलाई प्राथमिकतामा राखी खोप उपलब्ध गराउन आग्रह गरेको हो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई खोप उपलब्ध गराउन माग गर्दै चेम्बरका अध्यक्षका युवराज न्यौपानेले ज्ञापनपत्र बुझाउनुभएको छ । देशको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान गर्ने व्यवसायीलाई खोपमा राज्यले उपेक्षा गरेको जनाउँदै खोप उपलब्ध गराइदिन माग गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । प्रजिअ शर्माले व्यवसायीलाई लक्षित गरिएको खोप अझैसम्म नआएकाले उपलब्ध गराउन नसकिएकोे बताउनुभयो ।