बिनाेद मण्डल,नवलपुर टुडे भदौ ८ :-  प्रतिबंधित लागू औषध गाँजा सहित एक जना पक्राउ गरिएको छ ।

सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढी माई १३ असारे बजारबाट आज दिनको करिब १२.५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्किटोलबाट खटि गएको प्रहरी टोलीले स्थानिय ५० वर्षिय गोपाल तामाङको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको २ किलो ८०० ग्राम लागू औषध गाँजा बरामद गरी निज तामाङलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय