सुरेश यादव ,नवलपरासी, भदौ-९
आज पश्चिम नवलपरासीको पाल्हिनन्दनमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीको आगमन भएको हो । याेेग कम्युनिस्ट लिग नेपाल पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँ कमिटी भेला कार्यक्रम मुख्य मन्त्री केसीले उद्घाटन गर्नुभएकाे थियाे ।
पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुुप्ता (दिपक) काे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीकाे प्रमुख आतिथ्यता भेला कार्यक्रम सम्पन्न भएकाे हाे ।
भेला कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री सहसराम यादव , मन्त्री अजय साही , नेकपा माबादीका जिल्ला इन्चार्ज घनश्याम यादब , नेकपा एमालेका जिल्ला अध्यक्ष भबिश्वर तिवारि आजाद , सुर्य न्यौपाने , YCL नेपालका जिल्ला अध्यक्ष दिपक राना , YCLनेपालका केन्द्रीय बिभाग सदस्य हरि भण्डारि , पालिनन्दन गा पा YCL नेपालका अध्यक्ष कमलेश यादब र पाल्हिनन्दन गा.पा वर्डा नं ३ का वडा अध्यक्ष गाेधन हरिजन लगाएतकाे उपस्थिति रहेकाे थियाे ।