सुरेश यादव,नवलपरासी/भदौ १३- पश्चिम नवलपरासीको पाल्हिनन्दनमा युवाहरुकाे साझेदारी सामुदाय विकासमा जिम्मेवारी भन्ने मुल नाराकाे साथ बाल विवाह तथा विभिन्न समस्यामा आधारित सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएकाे छ ।
एकता किशोर किशोरी संजाल काे आयाेजना तथा एविसी नेपाल स्ट्राेम फाउन्डेसन काे सहयाेग एवम् पाल्हिनन्दन गाउँपालिका काे सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे छ ।
एकता किशोर किशोरी संजाल का अध्यक्ष हेमलाल गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यता एवम् पाल्हिनन्दन गा.पा. वडा नं ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजन, गाउँपालिका अधिकृत श्रिप्रसाद गाैतम काे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा एविसी नेपाल का सुपरभाइजर राजमन बरई , विष्णु परियार , राजेश आर्या , भाेलेन्टियर बन्दना थारु , लेखा अधिकृत उमेश देवकोटा , कार्यक्रम काेडिनेटर कृति थापा , समाजसेवी पशुपति गुप्ता , पत्रकार महेश यादव लगाएत पाल्हिनन्दन गाउँपालिका भित्रका किशोर किशोरी काे उपस्थिति रहेकाे थियाे ।