रमेश कार्की, काठमाडौं । 1st Tirak & K.D.M अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-2023 बैंकक थाइल्यान्डमा सम्पन्न भएको छ। पुम्से विधामा निरु मगरको उत्कृष्ट प्रदर्शनले दुई स्वर्ण पदक जितेकी छिन् । उनी तीन दसक भन्दा लामो समय देखि तेक्वान्दो खेलमा विभिन्न भुमिका द्वारा खेलमा निरन्तर आबद्ध छिन् । उनी एक साहासी राष्ट्रिय प्रशिक्षक र निर्णायकको भुमिका पनि निभाउदै आइरहेकी छिन् ।  उनको शक्तिशाली प्रदर्सनले दर्शकहरूलाई मोहित बनाएका थिए। तेक्वान्दो खेलाडीहरूले निरुको बैंककको प्रदर्शन उत्कृष्ट मध्येको एक भएको बताएका छन्  ।

त्यस्तै पुम्से विधामा प्रेम दर्नाल र बिक्रम लामिछानेले क्रमशः १ स्वर्ण र १ रजत पदक जितेका छन् भने पोखरा की अर्की खेलाडी रेख माया गुरुङले शानदार जित गर्दै १ स्वर्ण र १ रजत पदक र करुण खाँणले एक स्वर्ण जितेका छन् । त्यस्तै प्रविण बायम र रामियोङ गुरुङले १/१ कास्य पदक जितेका छन् । प्रेम दर्नाल नेपाली तेक्वान्दो खेलाडीको टिम कोच पनि थिए ।

नेपाली खेलकुद बिधामा हरेक खेलले राम्रो प्रस्तुति प्रदर्सन गरेर देशको नाम राखेपनी राज्यले ती खेल तथा खेलाडीको खासै ध्यान नदिदा राम्रा राम्रा खेलाडीहरु जतिसुकै राम्रो खेल प्रदर्सन गरे पनि उनिहरुको भित्र देखि मनोबल घट्ने गरेको छ । त्यसैले राम्रो खेलाडीहरुलाइ राज्यले उचित सम्मान दिएर अझ बढी हौसला दिनुपर्ने अति आवश्यक छ जसको कारण खेलाडीहरु उस्त्साहित भएर हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद जगतमा अझै उत्कृष्ट प्रदर्शन गरि नेपालको नाम उचो राख्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय