✍️ रमेश कार्की,

काठमाडौं । तेक्वान्दो खेलका प्रशिक्षक मास्टर राष्ट्र राई भर्खरै सम्पन्न गैरआवासीय नेपाली सँघ युकेको एघारौँ साधरण सभाबाट मुख्य खेलकुद संयोजकमा निर्विरोध चयन भएका छन् । उनी एन.आर.एन का पुर्व उपाध्यक्ष लगायत पुर्व अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक पनि हुन् । खेल विधामा प्रचुर मात्रमा अनुभवी राई बेलायत गोर्खा आर्मीबाट अवकाश लिएर युकेमानै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन् ।

खेल क्षेत्रमा अनुभवी विज्ञको जरुरी हुने भएकाले राइलाई सबै जनाको सुझाव सल्लाह अनुसार संयोजकमा निर्विरोध चयन गरेका हुन् । उनी नेपाल लगायत युकेमा संचालित सगरमाथा तेक्वान्दो डोजाङ्गका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय