नेपाली मजदुर एकता समाजका प्रमुख अभियन्ता तथा केन्द्रिय महासचिव समर्पण भट्टराईले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरुमाथी मेनपावर र विभिन्न खाले दलाल हरुको कारण स्वदेश मै चरम उत्पीडन भएको र मनोमानी ढंगले रकम असुली गरिरहेको गुनासो आउन थालेको भन्दै सामाजिक संजालमा आक्रोश संगै सम्पुर्ण श्रमजीवीहरु लाई एक ठाउँमा उभिएर यस्ता खाले लूट विरुद्ध संघर्ष गर्न अपिल समेत गरेका छन ।
मजदुर एकता समाज अब थप नयाँ ढंगले अगाडी बडने र नेपाली श्रमिक हरुको साझा संस्थाको रूपमा संस्थालाई लैजाने समेत महासचिव भट्टराई ले बताउदै आएका छन ।