
मलेशिया । मलेशियाको राजधानी क्वालालम्पुर बाट नजिकै रहेको सेलेङ्गर राज्यको सुवाङ जयामा नेपाली सिक्युरिटी द्वारा नै एक नयाँ नेपाली सिक्युरिटी गार्ड माथी आक्रमण भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
उक्त भिडियोमा पीडित आफैले आक्रमण हुनु अगाडि केही समय सम्मको भिडियो रेकर्ड गरेका थिए आक्रमण गर्ने कृष्ण भन्ने नेपाली सिक्युरिटी अफिसर सहितको टोलिले उनिमाथी बिना गल्ती आक्रमण गरेको भिडियोमा उल्लेख छ ।
उक्त घटना बारेमा हाम्रो टिम ले सत्यतथ्य बुझ्ने प्रयास गरेता पनि अहिलेसम्म संबंधित पक्ष संग कुराकानी हुन सकेन यो बारेमा पीडित को हुन पिडक को हुन कुन कम्पनी मा भएको घटना हो यस्को बारेमा आवश्यक बुझ्ने काम भैरहेको नेपाली मजदुर एकता समाजले नेपालयूनिटी लाई बताएको छ ।
सामाजिक संजालमा भाइरल भिडियो यस्तो रहेकोे छ।