✍️रमेश कार्की

भरतपुर , चितवन । चीनको सिआन सिटीको उद्योग वाणिज्य संघको टोली नेपाल आएको हो अहिले उक्त चीनिया टोलि चितवनको भरतपुर आइपुगेको छ ।

मंगलबार भरतपुर महानगरपालिका र सिआन सिटीको पर्यटन, शिक्षा र कृषि क्षेत्रमा गर्न सक्ने सहकार्यको बारेमा छलफल भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस विषयमा भरतपुर महानगरपालिका सकारात्मक रहेको र सहकार्यका लागि थप प्रकृया अगाडि बढाइने पनि बताइन् ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन चीनबाट पर्यटकलाई भरतपुर पठाउनका लागि सिआन सिटीले मुख्य भूमिका खेल्ने पनि जनाएको छ । भ्रमण वर्षको लागि सिआनले पर्यटन केन्द्र बनाई भरतपुरको समग्र पर्यटनको बारेमा जानकारी गराउने गरी विभिन्न प्रर्दशनी पनि गर्ने गरी सहकार्य गर्न लागिएको चीनिया टोलिका नेपाली भाषा सहयोगी सरोज बस्नेतले जानकारी दिए ।

टोलीले भरतपुरको विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन तथा अनुसन्धान गरी यहाँको सम्भावना बारे सिआन सिटीलाई प्रतिवेदन बुझाउने गरी काम थालेको टोलीका दोभाषे बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय