
✍️ रमेश कार्की
काठमाडौं / नेपाली क्रीकेट टिमका पुर्व क्याप्टेन एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।
लामिछाने पाकिस्तान प्रस्थान गर्नु अगाडी सञ्चारकर्मीहरु सँग संक्षिप्त कुराकानी गर्दै भने “जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको छु र खेल्नका लागि म तयार छु । आशा छ, एसिया कपमा राम्रो गर्ने छौं” यो हाम्रो राष्ट्रियता को विषय पनि हो उनले बताए ।

लामिछानेलाई विदाइ गर्न नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप लामिछाने पाकिस्तान गएसँगै अब नेपाली टिम पूर्ण हुने उनले संचार्कर्मी लाई विमानस्थलमा बताए ।