
✍️रमेश कार्की
चितवन । नेपाल सितोरीया कंराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा त्यसै नगरका राजन कार्की सर्वसम्मत चयन भएका छन् । अध्यक्ष कार्की करातेका पुर्व राष्ट्रिय खेलाडी हुन् । उनी तीन दसक भन्दा लामो समय सम्म कराते खेलमा आवद्ध भइ विभिन्न विधामा रहेर काम गर्दै आइरहेका छन् । कार्की दक्ष खेलाडीको हैसियतले नगरका सम्पूर्ण कराते खेलाडी र उनीहरुको खेल बिकासको लागि अहम् भुमिका निभाउन सक्न्ने दक्ष प्रशिक्षक भएकाले उनलाई सम्पुर्ण प्रमुख खेलाडी र प्रशिक्षकहरुले मनोनीत गरेका हुन् ।

अध्यक्ष राजन कार्कीको भनाइ अनुसार “कराते एउटा् मानिसको जीवनमा विभिन्न किसिमले अहम् भुमिका निभाउन सक्ने खेल भएको कारण म यस खेल र खेलाडीहरुलाई सधै प्राथमिकता दिई अघि बड्नेछु” भनेर अभिव्यक्ति समेत दिएका छन् ।