✍️रमेश कार्की

१५ भदौ चितवन । नेपाल सितेरियो कराँते संघ अन्तर्गत बागमती प्रदेशका सितोरियो कराँते संघ प्रमुख गगन लामाको सभापतित्वमा भएको उक्त प्रदेश स्तरीय भेलामा नेपाल सितोरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्य रहेको थियो ।

यस्तै विशेष अतिथिको रूपमा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का र अतिथिहरुमा केन्द्रीय उपाध्यक्ष तथा निर्णायक कमिटी का संयोजक प्रकाश मोहन धौभडेल, केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा २०८०/०५/१५ गते चेतना भिलेज, भरतपुर – ७, चितवनमा सम्पन्न भएको हो ।

उक्त भेलाले गगन लामालाई सितोरियो कराँते संघ बागमती प्रदेश अध्यक्षमा सर्वसम्मत मनोनीत गरेको हो । साथै तपसिलका ब्यक्तिहरूलाई नेपाल सितोरियो कराँते संघ केन्द्रीय महाधिवेशनमा प्रकाश मोहन धौभडेल (भक्तपुर) दिपक श्रेष्ठ (ललितपुर) ज्ञान बहादुर जिम्वा (काठमाडौ) विजय गुरूङ (नुवाकोट) राधिका देउला (भक्तपुर) दिपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय