रमेश कार्की
चितवन, भरतपुर । नेपाल क्रीकेट टिमले एसिया कपको म्याच विश्वको दरिलो टिम पाकिस्तान र इन्डिया सङ्ग भिडेपछी देशमा भ्यु टावर हैन रंगशालाको आवश्यकतालाई सरकारले पहिलो प्राथमिकतामा काम गर्न पर्ने दबाबको सृजना भएको छ । विगतमा सरकारले अनावश्यक पुर्वाधारहरुको निर्माण गरि उद्घाटन गर्दै राज्यको ढुकुटीबाट खर्च गरेर सस्तो लोकप्रीयता कमाए भनेर आलोचना खेपेका थिए । अहिले गठबन्धनको प्रचण्ड सरकारलाई रंगशाला बनाउन पर्ने एक्कासि दबाब सृजना भएको छ ।
सरकार स्थायी नहुदा देशका पुर्वाधाहरु बन्न पनि मुस्किल हुने भएकाले विगतमा सरकारको कमि कमजोरीलाई त्यागेर अब भरतपुर महानगरमा काम ठप्प भएको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रीकेट रंगशाला जस्ता पुर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम सुचारु गर्न स्थानीय र केन्द्रिय सरकारलाई दबाब बढेको छ । महानगर कि मेयर रेनु दाहाल भन्छिन् “पहिलो वर्षको बजेट बाट ऋण तिर्नको लागि केन्द्रिय स्तर देखी बाह्र करोड बजेट हामिले समयको अभाले गर्दा ल्याउन सकेनौ पुन नयाँ प्रपोजल पास भइसकेको छ र रंगशालाको अन्य कामको लागि बजेट लिएर धमाधम काम अधि बढाउछु” भनेर अभिव्यक्ति दिएकी छिन् ।