रमेश कार्की

चितवन । चीनको हाङजाओमा हुने १९ औं एशियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरु कडा तालिम गरिरहेका छन् । उक्त खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ तालिम गरिरहेको भरतपुर नगरपालिका सितोरियो कराते संघका अध्यक्ष राजन कार्कीले नेपाल युनिटीलाई बताए । नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओमा हुने एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् ।

नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन । दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो । २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो । अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङले हासिल गरेको थियो । हाङजाओ एशियाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको छ । चीनमा हुने एशियाली खेलकुदमा नेपाली खेलाडीहरुले धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय