✍️ प्रमिला राई

कुनै एक हुल कागहरु
निरन्तर… निरन्तर
कराई रहन्छन्
मेरा जुठेल्ना छेवैको
एउटा दिदौली को
रुखमा बसेर।
बिहान दिउँसो बेलुकी
हरेक समय तेहि कागको
बथान आउछन् र खै के
भनी जान्छन् हो
मैले केही बुझ्न सकिन
बार बार यसै गरि आइरहदा
साचिकै अचम्मितमा परेको छु
आजकाल । पक्कै कुनै
संदेश दिई रहेको छ मलाई
मेरो मनको बह सुशेलिरहेको छ
मेरो आशुको चित्कार
उस्को भाषामा ओकलिरहेको छ
हो साच्चिकै मैले अब केही प्रण गर्नु छ
गाउनु छैन बिलौनाका गितहरु
थिचिनु छैन म अब
मिचिनु छैन
सहनु छैन मलाई अब
तिम्रो इसारामा नाच्नु छैन मलाई
जति थिचिनु…….
मिचिनु……..
तिम्रो पाईताला मुनि
जमिन सङ मिल्नु छैन मलाई
तिम्रो त्यो प्यासी नजरको भिड्मा
समाहित गराउनु छैन मलाई
तिम्रो त्यो कायरपनलाई चिर्नु छ।
तिमिले धारण गरेको बाहिरी बस्त्रशस्त्र
सबै सबै उदाङ्गो पार्नु छ।
र नङग्याएर तिमिलाई
दुनियाँ सामु तिम्रो असली रुप देखाउनु छ।
अनि तेहि कागको हुल संगै
उन्मुक्त खुसी बाड्दै
रोज्नु छ मुक्तिको बाटो
उ….. पर … पर सम्म पुग्नु छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय