
रमेश कार्की
काठमाडौं । सयौं भन्दा धेरै राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरुमा अब्बल दर्जाको निर्णायकको भुमिका निभाउदै आएकी रमिला खत्रीले ११औं कोरिया एम्बेस्डर खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका निभाइ रहेकी छिन् । नेपाल तेक्वान्दो संघको मातहतमा काठमाडौ, सातदोबाटोमा मिति १३ – देखि १७, २०२३ सम्म सम्पन्न भैरहेको प्रतियोगितामा उनले थाइल्यान्डबाट अन्तर्राष्ट्रिय निर्णायकमा उत्कृष्ट नम्बर ल्याएर पास भएपछि पहिलोपटक निर्णायकको भुमिका निभाएकी हुन् ।
उनी धेरै साहसी र महिला निर्णायकको भुमिका निभाउदै आइरहेकि छिन् र उनले धेरै प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको सम्मान पनि पाएकी छिन् । उनी एकपटक अन्तर्राष्ट्रिय अवार्डबाट पनि पुरस्कृत भइसकेकी छिन् । साहसी रमिला गण्डकी प्रदेशबाट तेक्वान्दो खेल बिधामा दोस्रो महिला निर्णायक पनि हुन् । उनले तेक्वान्दो खेल प्रती एउटा जिम्मेवारी निर्णायकको भुमिका निभाउदै आइरकी छिन् ।