रमेश कार्की

काठमाडौं । १९औं एसियाली खेलकुदमा सहभागी हुने तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई नेपाल तेक्वान्दो संघले बुधबार बिदाइ गरेको छ । बिहीबार चीनको हाङझाउमा जान लागेका टोलीलाई संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दीपराज गुरुङ केन्द्रीय सदस्य बब्लु सिवाकोटी र हेमन्त डाँगीलगायतले बिदाइ गरेका हुन् । अध्यक्ष राणाले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई २५ लाख, रजतलाई १० लाख र कांस्य जित्ने खेलाडीलाई ५ लाख रुपैयाँ पुरस्कार संघले प्रदान गर्ने घोषणा गरेका थिए ।

चीनको हाङझाउमा असोज ६ गतेदेखि हुने एसियाली खेलकुदमा तेक्वान्दोका ११ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् जसमा ५ महिला र ६ पुरुष छन् । ग्योरोगी तर्फ महिला ४९ केजीमा अञ्जली तामाङ, ५३ केजीमा आयशा लामा, ५७ केजीमा सन्ध्याकुमारी सिंह र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषको ५८ केजीमा राहुल कुमाल, ६३ केजीमा गोविन्द्र बहादुर आले, ६८ केजीमा वीर बहादुर महरा, ८० केजी मुनिमा अभिषेक बराल र ८० केजी माथिको तौल समूहमा ज्याकी यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यस्तै पुम्सेको महिलामा स्वस्तिका तामाङ र पुरुषमा प्रेम बहादुर लिम्बूले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय