चलचित्र कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति चलचित्र निर्माता संघले असहमति जनाएको छ । संघको बुधबार बसेको कार्यसमिति बैठकले विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको यसमा गम्भीर असहमति रहेको अध्यक्ष नवल खड्काले आफ्नो फेसबुक मार्फत उल्लेख गरेका छन ।
अध्यक्ष खड्का ले आफ्नो सामाजिक संजाल फेसबुकमा राखेको पोस्ट जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।
—–गम्भीर असहमती———
चलचित्र विकास वोर्डको वेभसाइटमा सम्प्रेशण गरिएको चलचित्र सम्बनधी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको सम्बन्धमा चलचित्र सम्बद्ध विभिन्न संघसंस्थाको गम्भीर आपत्ती रहेको जानकारी गराइन्छ । चलचित्र विकास वोर्डको स्वायत्ता भन्दा बाहिर गएर बनाइएको विद्येकलाई चलचित्र क्षेत्रले मान्यता प्रदान गर्दैन र पूर्ण अश्वीकार गर्दछ । यस विषयका सम्बन्धमा चलचित्र निर्माता संघको अगुवाइमा सम्पूर्ण पेशागत संघसंस्थाहरु र चलचित्र क्षेत्रका विज्ञहरूसँग गम्भीर छलफल भइरहेको छ । तसर्थ, चलचित्र विकास वोर्डलाई सञ्चार मन्त्रालयको एउटा विभागको रूपमा परिकल्पना गरिएको यो विद्येक हामी चलचित्रकर्मीहरूलाई अश्वीकार्य छ । संघीयताको मर्म विपरित, चलचित्रकर्मीहरूको सहमती, सहभागिता, मर्म, भावना र पेशागत सुरक्षाको प्रत्याभूती बिना परिकल्पना गरिएको यो विद्येक कुनैपनि हालतमा अघी नबढाउन जोडदार माग गर्दछौं ।
(नवल खड्का)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ