
रमेश कार्की
चितवन, रत्ननगर । बाङ्लादेशमा सम्पन्न प्रथम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको नेतृत्व गर्ने चितवनका खेलाडी तथा प्रशिक्षकहरु संवरण सहित विभिन्न पदक जित्न सफल भएका छन् । प्रतियोगीतामा पूम्से तर्फ ५० वर्षमुनि रोशन खानले स्वर्ण पदक, सक्षम चौधरीले १४ वर्ष मुनि स्वर्ण पदक, १२ वर्ष मुनि युनिशा गुरुङ स्वर्ण पदक, अब्बास खानले फाइटिङ्ग तर्फ ७४ केजी मुनि स्वर्ण पदक जित्न सफल भएकाछन् ।
रिजन खनालले फाइटिङ तर्फ १७ वर्ष मुनि र ६८ के जि मुनि सिनियर तर्फ दुर्गा राइले रजत पदक जित्न सफल भएका छन । कास्य पदक जित्न सफल खेलाडीहरु सुमैया खातुन, मेलिना पन्त, प्रजेश पौडेल, अनुप नेपाली, लेख बाहादुर गुरुङ, अशिम खाम्हन रहेका छन भने उक्त प्रतियोगितामा प्रशिक्षक तर्फ सन्तोष भट्ट र उमर खान रहेका छन् । चितवनबाट २१ जना खेलाडी तथा प्रशिक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए |