रमेश कार्की

चितवन । भरतपुर महानगरपालिकामा निर्माणाधिन ( हाल रोकिएको ) गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बागमति प्रदेश सरकारले ७०% र भरतपुर महानगरपालिकाले ३०% लगानी साझेदारीमा पहिलो चरणमा ७५ करोडको लागतमा खेल्न योग्य र प्रतियोगिता गर्न सक्ने गरी रंगशाला निर्माण कार्य तत्काल अगाडी बढाउने महत्वपुर्ण निर्णय भएको छ ।

बागमति प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा, प्रदेश सरकारका अर्थ मन्त्री बाहदुरसिहं लामा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाको पदाधिकारीहरू, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश सरकारका सचिवज्युहरू, प्र.खेलकुद परिषदका सदस्य-सचिव लगायतको उपस्तिथिमा नेपाली खेलाडीहरु, खेल समर्थक र खेलप्रेमी नेपाली जनताको पक्षमा उक्त ऐतिहासिक निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय