रमेश कार्की 
चितवन ।  रत्ननगर नगरपालिका खेलकुद समिति र चितवन डोजाङ्गले मलेसियामा कार्यरत तेक्वान्दो खेलाडी सन्तोष भट्टलाई सम्मान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दो संघ चितवन डोजाङले भट्टलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो । डोजाङका संस्थापक कृष्ण चौधरीले उक्त सम्मान पत्र प्रदान गरेका थिए । सोही अवसरमा रत्ननगर नगरपालिका खेलकुद समिति र रत्ननगर तेक्वान्दोले नगद २० हजार रुपैयाँ र सम्मानपत्रले भट्टलाई सम्मान गरेको छ ।

रोजगारीको सिलसिलामा मलेसियामा पुगेका खैरहनी नगरपालिका–१० निवासी सन्तोष भट्ट विदेशमा पनि खेलकुदलाई अगाडि बढाईरहेका छन् । सोही क्रममा उनीहरु हालसालै मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार तीन वटा गोल्ड मेडल जित्न सफल भएका थिए । यही योगदानको आधारमा भट्टलाई स्वदेश फर्किएको बेला सम्मान गरिएको हो । सम्मानित हुँदै खेलाडी भट्टले रत्ननगर नगरपालिका र चितवन तेक्वान्दो डोजाङलाई आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले यस सम्मानले विदेशमा बसेर पनि तेक्वान्दो खेल्नमा थप उर्जा मिलेको बताए । रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्नु उत्कृष्ट कार्य रहेको भन्दै यसैगरि खेलाडीहरुको हौसला बढाउनुपर्नेमा जोड दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय