रमेश कार्की 

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल ज्युको अध्यक्षतामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको सम्बन्ध सरोकारवालाहरु सगं बैठक सिहंदरवार काठमाडौंमा सम्पन्न भएको छ। उक्त बैठकमा शहरी विकास मन्त्रालय भवन विभागमा महानिर्देशक र टिम, भरतपुर महानगरका  प्रमुख प्र.अ नरेन्द्रकुमार राना, नेपाल क्रिकेट सघंक सचिव पारश खडका, प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारी,  पुलचोक ईन्जिनियरिङ्ग क्याम्पसको प्रध्यापक ज्युहरु,  गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला डिजाईन कन्सलटेन्ट टिम र महानगरको टिमको उपस्थिति थियो  ।

उक्त बैठकमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको कार्ययोजना, जटिलता, समस्या र उपायहरु बारे सर्वपक्षिय गहन छलफल भयो । नगर प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालालाई तत्काल खेल्न मिल्ने बनाउने गरी निर्माण कार्यको टेन्डर गर्न निर्देशन समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय