रमेश कार्की

इलाम । गत हप्ता इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति मगर स्टेजमा उफ्रीदै नाच्ने क्रममा स्टेज नै भ्वाङ परेर खसेपछि उनको खुट्टामा चोट लागेको थियो । यो घटनालाई लिएर उनी ठूलो शोकमा परेकी छिन् । अहिले सामाजिक संजालमा दर्सक र उनको फ्यानहरुले आयोजक प्रति आक्रोश पोखिरहेका छन् ।

आयोजकले सस्तो कमजोर स्टेज बनाउँदा घटना भएको र उनीहरुले ख्याति प्राप्त कलाकारहरुको इज्जत सम्मान नगरेको भनी कार्वाहीको माग समेत गरेका छन् । कलाकारहरु जो सुकै होस उनिहरु हाम्रो देसको गहना हुन उनिहरुको सम्मान, शारीरिक सुरक्षा देखि खाना बस्न र सुत्ने अनि उनिहरुको स्वास्थको उच्च स्तरीय ख्याल गर्ने जिम्मेवारी आयोजकले लिन सक्नुपर्छ भनी विभिन्न टिकाटिपणी भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय