
रमेश कार्की
काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् । पाँच वर्षदेखि नेपाल प्रहरीको खोजी सूचीमा रहेका ठगी र हुण्डीका ‘मास्टर माइन्ड’ भनेर चिनिएका कुँवर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । मानानिय ज्ञानेन्द्र शाहिका घनिष्ठ मित्र समेत रहेको र उनी मकाउ जादा सगै बस्ने, खाने, घुम्ने र एक साथ रहेको सिआइबिको भनाइ रहेको छ।
सिंगापुरबाट नेपाल फर्किएका उनलाई इन्टरपोलको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शनिबार राति विमानस्थलबाट पक्राउ गरेको हो । शाही मकाउ जाँदा त्यतिबेला कुँवरले आफ्नो पासपोर्टको समस्या देखाएपछि हङकङका महावाणिज्यदूतलाई भनेर पासपोर्ट बनाइदिएको स्रोतको दावी छ । शाही मकाउ भ्रमणमा रहेका बेला कुँवरकै टोलीले भव्य स्वागत गरेको थियो ।