
रमेश कार्की
चितवन । चितवन जिल्ला खेलकुद बिकास समिति द्वारा चितवन जिल्ला तेक्वान्दो संघका सचिव शैलेस श्रेष्ठ र तेक्वान्दोका अर्का सिनियर खेलाडी भरतपुर महानगर पालिकाका खेलकुद बिकास समितीका संयोजक बिकास श्रेष्ठ पनि सम्मानित भएका छन् । समितिले (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा दुइजना श्रेष्ठ सङ्गै महानगर खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको थियो ।
समितिले खेलहरु मध्यमा तेक्वान्दो खेलले जिल्ला कै उत्कृष्ट क्रियाकलापहरु गरेको हुदा र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै महानगरका २९ वडा हरुलाई संयोजक श्रेष्ठले उत्कृष्ट भुमिका बहन गरेकोमा सम्मान गरेको थियो । विगत दुई दशक देखि जिल्ला तेक्वान्दो समितिको पदमा रहेर उत्कृष्ट भुमिका निभाउदै हाल तेक्वान्दो संघ चितवन जिल्लाको सचीवको भुमिका अब्बल तरिकाले बहन गरेका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ लगायतले सम्मान गरेका हुन् ।