
अनयासै कल्पनामा रमाउने तिम्रो बानी थियो !
तिमीले मुस्कुरायको त्यो मिठो बिहानी थियो !!
.
एथार्थमा हिजो गरेको तिमी र म बिचको कुरा !
भुल्यौ आज तिम्रो मायाको मनोमानी थियो !!
.
पलपलमै कहाँ देखु कहाँ भेटु हुन्छ यो मन !
घरी घरी दुखाउने बिगतको काहानी थियो !!
.
जिबनमा ठक्कर खानु पर्छ भनी रुवायौ फेरी !
हासी हासी जिउनु पर्ने मेरो जिन्दगानी थियो !!
.
समय संगै बदलियर मुटु दुखाउदै चोट दियौ !
घात गर्दै अरुलाई दोष दिने खान्दानी थियो !!
.
रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)
ओमसतिया :- १ कटैया रुपन्देही भैरहवा