ममताले आसुँ पुछ्दै अरुको लागी बाँच्न सिक !
फुल जस्तै मुस्कुराउदै एथार्थमा हास्न सिक !!
.
अनयासै दुख्छ अनी दुखाउने धेरै हुन्छन् यहाँ !
घरी घरी खुशी दिने रंङ्ग मंचमा नाच्न सिक !!
.
टुक्राइ देउ फुट्ने संम्बन्धहरु बिर्सिएर बिगत !
बर्तमान अंगालेर मायाको डोरी गास्न सिक !!
.
डर लाग्छ मैले दिएको प्रेम पोखिन्छ कि कतै !
सम्हालेर तिम्रै दिलको कित्ता भित्र साच्न सिक !!
.
पलपलमै पीडा दिने चुनौतीहरुलाई पन्छाउदै !
आशीष दिने हातहरु त्यो छातिमा टास्न सिक !!
.
रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)
ओमसतिया :- १ कटैया, रुपन्देही,भैरहवा
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Nepal Unity
Design and Developed by: EnterSOFT Host Pvt.Ltd