तिम्रै समिपमा आउछु भनी ढाट्यौ बैगुनी !
बदलामा टुक्राउदै मेरै कुरा काट्यौ बैगुनी !!

फगत झुट बोल्यौ ढाट्न पनि कति जानेकी !
हासी हासी पराइ संग मुटु साट्यौ बैगुनी !!

अंगालेर तिमीलाई त्यो दिलमा छाउछु भन्दा !!
दुख जति मलाइ दियौ खुशी छाट्यौ बैगुनी !!

हिजो मैले सास फेर्दा तिम्रो चल्ने ढुकढुकी !
एथार्थमा टुक्राएर आज किन फाट्यौ बैगुनी !!

आखिर मेरो हृदय लुट्यौ रित्तो रित्तो बनाएर !
सुम्पीदै अर्कैलाई मायाको डोरि बाट्यौ बैगुनी !!

रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)
ओमसतिया :- १ कटैया रुपन्देही भैरहवा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय