
उनको हातले पोलेको रोटी असाध्यै मन पर्छ
हेर्दा डल्ली डल्ली तर मोटी असाध्यै मन पर्छ
मन पराउने नपराउने मेरो कुरै नगर्नुस् यहाँ
लजालु स्वभाव हेर्दा छोटी असाध्यै मन पर्छ
अरुको त्यो चोखो मन सँग खेल्न मज्जा लाग्यो
म बिचरा तल परेको देखेर ठेल्न मज्जा लाग्यो
यो खेलमा तिम्रै फराकिलो जित भयो आज
त्यसैले मलाई यस्तै शब्द लेख्न मज्जा लाग्यो
हिजो गल्ती गरे विश्वास गरेर धोका भएछ
रोटी राख्न डालो बनाउ भन्दा डोका भएछ
केटोले विश्वभर खुबै नाम चलाएको थियो
हिजोको राम्रो खेलाडी आज बोका भएछ
छोरा होस या छोरी बोलिको ठेगान हुन पर्छ
मान्छे भएर जन्मे पछि सधैं जमान हुन पर्छ
कसिलो मित्रता हुन पर्छ म नराम्रो भए पनि
सबैको अगाडि सधैं सधैं तिम्रो सान हुन पर्छ
तिमी सम्झिदा भित्र भित्रै खै के हो पोल्छ हजुर
पापी आखा फोटो हेरि मनमा के के बोल्छ हजुर
उसको मनमा तिम्रो बारेमा धेरै कुरा थाहा छ
तिम्रो मुटुमा जेल हाल सबै कुरा खोल्छ हजुर
सधैं कम्मरमा बाध्ने कालो पेटी मन पर्छ
तिमीले जेसुकै चढाउ सबै भेटी मन पर्छ
विदेशी नारीको जतिसुकै चर्चा भए पनि
मलाई भने सधैं नेपाली चेलीबेटी मन पर्छ
कि त सबै फुलमा भमरा डुलेको भए हुन्थ्यो
कि त मेरो मनमा तिमी फुलेको भए हुन्थ्यो
मैले जति सुकै माया गर्दा पनि नपुग्ने हो भने
तिम्रो नाम सधैका लागि भुलेको भए हुन्थ्यो
कि त सबै फुलमा भमरा डुलेको भए हुन्थ्यो
कि त मेरो मनमा तिमी फुलेको भए हुन्थ्यो
मैले जति सुकै माया गर्दा पनि नपुग्ने हो भने
तिम्रो नाम सधैका लागि भुलेको भए हुन्थ्यो
रमाइलो मेला पनि कसैको लागी चिहान हुन्छ
सपनामा तिमी आउदा रात पनि बिहान हुन्छ
साथी सग मनका कुरा खोल्दा रमाइलो हुन पर्ने
आजभोलि दिउँसै जाड खाएर हानाहान हुन्छ
दुख पर्दा एकले अर्कोलाई सगाउनु पर्छ
घाउ खटिरा आए औषधि मगाउनु पर्छ
मरेर जाने जिन्दगीमा के लिनु के दिनु छ र
बस् हात हल्लाउँदै आशु बगाउनु पर्छ