✍अन्जना ताम्राकार

नारी घरको सौंदर्य र सोभा
सुगन्धित गुलाब सरी बगैचामा
नारी छर्दै सुगन्ध स्नेह र मायाका
सजाउछिन् घर परिवार आफ्नै गोधुलिमा

गुलाब बसी काँडा माझमा
हाँस्दै छरे झैं सुगन्ध बगैचामा
रमाउँछे नारी सुख दुःख बिचमा
थानी परिवारको मुस्कान आफ्ना

छर्दै सुगन्ध झर्छ गुलाबका पत्ता पत्ता
गर्छे नारी अन्तिम पलसम्म पनि घरकै चिन्ता
गुलाबले लुकाए झैं सुगन्ध आफैमा
नारी राख्छे परिवारलाई बाधि
प्रगाढ मायाको पछ्यौरीमा

भन्छन् गुलाब चिन्ह मायाको
नारी प्रति मूर्ति स्नेहको जगतमा
प्रकृतीले श्रृजे गुलाब झै गुण नारीमा
सुन्दर रहन्छ घर नारीलाई ईज्जत गरेमा

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देबता”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय