गजल
यात्रा भनौ जिन्दगीलाई निर्जिब भइ बाच्नु पर्ने !
चर्किएको छाती भित्र पीडा बोकी हास्नु पर्ने !!

घरी घरी यो कस्तो बिबस्तामा पारी दियौ !
टुक्रीएर तिम्रो माया ढुकढुकीमा साच्नु पर्ने !!

छट्पटिमा तड्पीएर आगो बिना जलेको छु !
आखिर किन समाजले मेरै कुरा काट्नु पर्ने !!

बिर्सिएर अनयासै तिमी निस्ठुरी बने पछि!
दुखी रहने मुटु पनि पराइ संग साट्नु पर्ने !!

एथार्थमा बिगतको सम्झनाले पोल्छ हृदय !
पलमै मुस्कुराउदै सन्चै छु भनी ढाट्नु पर्ने !!

रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)
ओमसतिया :- १ कटैया रुपन्देही भैरहवा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय