प्रिया राना
गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउपालिका ४ लिम्घा एक्सिंको ठुलो सांस्कृतिक पर्ब झुमारानी, ज्युमामोइ अझै पनि जिबितै रहेको छ । यो बर्षौ देखि चली आएको सांस्कृतिक पर्ब अहिले लोपुन्मुख अवस्थामा रहेको छ । प्राय गाउका बासिन्दाहरु शहर बसाइ सर्नु र पुराना पुस्ताहरुको मृत्यु हुदै गएपछि यो पर्ब लोपन्मुख हुदै गएको र छिटै नै यो संस्कृति हराएर जाने अवस्थामा रहेको छ । पहिला तिन दिन दुइ रात चल्ने यो पर्ब अहिले एकै दिनमा सकिने गरेको छ ।
यस विशेष सांस्कृतिक पर्ब झुमरानी, ज्युमामोईको करिब ३ बर्षको खोज अनुसन्धान गर्दै विभिन्न कुराहरु संग संघर्ष गर्दै २९ मिनेटको भिडियो गीति नाटक तयार पारि सार्बजनिक गरिएको छ । यो भिडियोमा मगरहरुको वास्तविक जीवन शैलीमा रहेको छ । मगरहरुको पुर्खेउली जीवन शैलिमा आधारित लोपोन्मुख सांस्कृतिक पर्ब झुमारानी, ज्युमामोइ अधिकाम्स मगरहरुलाई थाहा नै छैन ।
नेपालमै मगरहरुको अत्यन्तै लोपोन्मुख अवस्थामा रहेको सांस्कृतिक पर्ब झुमारानी विभिन्न खोज अनुसन्धान संगै संकलन गरि यो भिडियो तयार गरिएको हो । यो सांस्कृतिक पर्ब प्रत्यक मगरहरुले हेर्नै पर्ने र जान्नै पर्ने वास्तविक संस्कृती हो । मगरहरुको वास्तविक बिबाह, संस्कार, संस्कृतिमा आधारित झुमारानी गुल्मी जिल्लाको एक्सिंमा लोपोन्मुख अवस्थामा रहेको छ ।
सुदिप सिंजाली मगरको निर्देशनमा बनेको भिडियोमा गाउकै मूल बासिन्दाहरुको अभिनय रहेको छ । चली आएको पुरानो सांस्कृतिक पर्बको जगेर्ना गर्न र यो पर्ब कहिले पनि नमासियोस भनेर नै यो भिडियो तयार पारिएको हो । कतिपय ठाउँमा यस्ता चाडपर्ब संस्कृतीको पाहिचान र आफ्नो गाउको सोभा हराएकोले सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो सांस्कृतिक पर्बलाई बचाई राख्नु पर्ने र त्यस्ता चिजलाई भिडियो मार्फत पनि बचाउन र चिनाउन सकिने यस भिडियोले संदेश दिन खोजिएको छ । यो एउटा सानो मगर गाउको संस्कृती संसारभर चिनाउन यस भिडियोले महत्वपूर्ण भूमिका खेलेको छ ।
अत्यन्त मार्मिक, हृदय छुने र रमाइलो सांस्कृतिक पर्वको अत्यन्त सरल रुपमा तयार पारिएको यस गीति नाटकले पक्कै पनि भाबि पुस्ता सम्म मगर संस्कृतिको पहिचान गर्नेछ । हामीले पनि सधै आ आफ्नो ठाउँ बाट यास्ता लोपुन्मुख संस्कृतीलाई बचाउनु पर्छ र र यसको जगेर्ना गर्नुपर्छ । अनि पो हामी नरहे पनि हाम्रो संस्कृती रहिरहने छ, बाचिरहने छ ।