
पलपलमै तिम्रो लागी प्रेम दिवस बनेर आउने छु !
अंगालेर तिमीलाई तिम्रै ढुकढुकीमा छाउने छु !!
फुल जस्तै मुस्कुराउदै मेरो प्रस्ताब मान्यौ भने !
स्वीकार्दै बाचाहरु तिमी सँग माया लाउने छु !!
सिसा सरि टुक्राएर दुखाउनेहरु भए पनि !
बिर्सिएर सबै पिडा तिम्रो बस्तीमा धाउने छु !!
जब आउने छौ भत्काउदै चुनौतिका पर्खालहरु !
सुम्पिएर खुसीहरु मुटु भित्र आँफैलाई पाउने छु !!
रित्तो रित्तो हृदयमा बिबस्ताका शब्दहरु भरेर !
शीतल अनि खुशी दिने गजल गित गाउने छु !!
रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)
ओमसतिया :- १ कटैया रुपन्देही भैरहवा