रमेश कार्की 

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि एसियाली छनौटतर्फ ७ जना खेलाडी छानिएका छन् । सोमबार सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा उक्त खेलाडीहरू छानिएका हुन् । छनोट हुनेमा तेक्वान्दो ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग, महिला ६७ केजीमुनि नेपाल प्रहरीकी इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि नेपाली सेनाका राहुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका विरबहादुर महरा छनौट भएका छन् ।

त्यस्तै पारा तेक्वान्दो तर्फ (के-४४) क्याटेगोरी अनुसार पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भलोन छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आगामी फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि विश्व तेक्वान्दो महासंघ (डब्लु.टी)ले कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम अनुसार सन् २०२४ मार्च १५ देखि १७ तारिखसम्म मित्रराष्ट्र चीनको ताईयाङ शहरमा आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय