
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा अवरोध देखिएको छ। मेटाका यी तीनवटै सामाजिक सञ्जाल प्लाटफर्म चल्न नसकेका कारण लाखौँ प्रयोगकर्ताले पहुँच गुमाएका छन्।
मेटा कम्पनीको आन्तरिक सर्भरमा समस्या आएकाले यी सामाजिक सञ्जाल सञ्चालनमा अवरोध पुगेको डेलीमेलले लेखेको छ।फेसबुकको सर्भर स्टाटस हेर्दा ‘लग इन’मा समस्याको सामना गरिरहेको र इन्जिनियरिङ टोलीहरू सक्रिय रहेकाले सकेसम्म चाँडो समस्या समाधान गर्न खोजिरहेको सूचना राखिएको छ।