रमेश कार्की
चितवन । भरतपुर महानगरले सुरु गरेको भिजिट बर्ष २०२४ को अवसरमा प्रथम बाग्मती प्रदेशको आयोजनामा हुन गइरहेको प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सम्पूर्ण खेलाडीहरुलाई भत्ता अन्य प्रदेशले भन्दा धेरै दिने निर्णय गरेका छन् । हरेक खेलाडीहरुलाई प्रती दिन दुईहजार भत्ता हातमै थमाउने, खाना बस्न कुनै समस्या नहुने र त्यसैबाट खेलाडीहरुले खर्च गर्नुपर्ने निर्णय गरेका छन् । अन्य कुनै प्रदेशले दुई हजार भत्ता अहिलेसम्म कसैले नदिएको जानकारी प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले बताएका छन् । उनले राष्ट्रका पहिचानको लागि आफ्नो रगत पसिना बगाउने खेलाडीले सबैभन्दा धेरै सुबिधा पाउन पर्छ भनेर आफ्नो भनाइ राखेका छन् । कोभिड पछि अर्थतन्त्रले थिलोथिलो भएको देशमा अहिले राष्ट्रले खेलकुदमा गरेको लगानी प्रयाप्त नभएपनी सन्तुष्टिजनक भएको बताएका छन् ।
भण्डारीले यहीँ चैत्र २५ गते देखि नयाँ बर्ष २०८१ को बैशाख १ गतेसम्म हुन गइरहेको प्रथम बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा भरतपुर महानगरको प्राङ्गणमा भिजिट बर्ष २०२४ लाई सफल बनाउनको निमित्त भरतपुर महानगरका नगर प्रमुख रेनु दाहाल सङ्ग सहकार्य गर्दै कार्य गरेको जानकारी दिएका छन् । उक्त खेलको उद्घाटन निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) द्वारा हुने र सातै प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु समेतलाई निम्तो गरेका छन् । यस उद्घाटन समारोहमा नेपालका प्रख्यात कलाकारहरुको उपस्थित हुने र गायक प्रमोद खरेलको आकर्षक प्रदर्शन हुने पनि भण्डारीले नेपाल युनिटीलाई जानकारी गराएका छन् ।